महाधिवेशनमा नेपालका सवारी साधनले बोक्न भ्याउने जति जनसमुदाय सहभागी हुन्छन् : ओली
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको दशौं महाधिवेशनमा नेपालका सवारी साधनले बोक्न सक्ने जति मानिस सहभागी हुने बताएका छन् ।
काठमाडौंमा मंगलबार सम्पादक तथा संचारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले महाधिवेशनमा १०/२० लाख जनसहभागिता जुटाउन सकिने भए पनि सवारी साधनको क्षमताले भ्याएसम्म मात्र मानिस चितवनमा उपस्थित हुने बताए।
कोभिडको समय भएकाले धेरै ठुलो संख्यामा विदेशी प्रतिनिधि भने महाधिवेशनमा सहभागी नहुने उनले बताए ।
देश बनाउने योजना तथा कार्यक्रम विधान महाधिवेशनबाट पारित भइसकेका कारण ती नीतिको कार्यान्वयनका लागि कस्तो नेतृत्वको टीम निर्माण गर्न उपयुक्त हुन्छ भन्ने विषयमा बन्दसत्र केन्द्रित रहने उनले बताए । दशौं महाधिवेशनले मुख्य रुपमा पार्टीको नेतृत्व निर्माण गर्ने उनको भनाइ थियो ।
प्रतिकृया दिनुहोस