बाक्लो हुस्सुका कारण आन्तरिक उडान प्रभावित
काठमाडौँ । बाक्लो हुस्सुका कारण आन्तरिक हवाइ उडानहरु प्रभावित भएका छन् । देशका विभिन्न विमानस्थलमा बाक्लो हुस्सु लागेसँगै आन्तरिकतर्फको हवाइ उडान आज बिहानैबाट प्रभावित भएको हो ।
हुस्सुका कारण काठमाडौँबाट तुम्लिङटार, पोखरा र जनकपुरका लागि निर्धारित समयका उडानहरु डिले (ढिलाइ) भएको काठमाडौँ विमानस्थलले जनाएको छ । कम भिजिविलिटीका कारण उडान गर्न नसकिएको र मौसम सुधार हुनेवित्तिकै सेवा सूचारु हुने हवाइ कम्पनीहरुले जनाएका छन् ।
बुद्ध एयरले पनि यी गन्तव्यको उडान सुरु हुन नसकेको जानकारी यात्रुहरुलाई गराएको छ । प्रतिकूल मौसम र कम भिजिविलिटीका कारण कतिपय विमानस्थल ढिला खुलेको र कतिपय अझै नखुलेको भन्दै कम्पनीले यसले उडान प्रभावित भएको जनाएको छ ।
विमानस्थल कार्यालयका अनुसार अन्य विमानस्थलमा भने उडान भइरहेको छ ।
प्रतिकृया दिनुहोस