पूर्वराज्यमन्त्री यादवले दिए एमालेबाट राजीनामा

Omprakash yadav

काठमाडौं । नेकपा एमालेको रुपन्देहीका प्रभावशाली नेताले नेकपा एमालेबाट राजीनामा दिएका छन् ।

पूर्व कृषि राज्यमन्त्री समेत रहेका एमाले नेता ओमप्रकाश यादव (गुल्जारी) ले शनिबार पार्टीको सम्पूर्ण पदबाट राजीनामा दिएको घोषणा गरेका छन् ।

यादवले मायादेवी गाउँपालिका–६ शिवपुर (मर्चवार) मा पत्रकार सम्मेलनको आयोजना गर्दै एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य तथा रुपन्देही क्षेत्र नं. ४ को सह–इञ्चार्ज पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।

पार्टीको साधारण सदस्यमा भने रहने उनको भनाई छ । नेता यादवले महाधिवेशन प्रतिनिधि छनोटको निर्वाचनमा भएका गतिविधिबारे असन्तुष्टि जनाउँदै यस्तो घोषणा गरेका हुन् । प्रतिनिधि छनोटका क्रममा भएका गतिविधिको छानबिन र समीक्षा गर्न समेत नेतृत्वसमक्ष उनको आग्रह छ ।

यादवले आफुलाई जिल्लामा काम गर्न पार्टी अध्यक्ष शिवराज सुवेदीबाट असहयोग गरेको समेत आरोप लगाएका छन् । जिल्ला पार्टीका अध्यक्षबाट आफुलाई असहयोग भएको दाबी गर्दै ३ महिनाअघि नै पार्टी उपमहासचिव विष्णु पौडेललाई जानकारी गराएको पत्रकार सम्मेलन बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...