मोरङ कारागारमा जबरजस्ती करणी मुद्धाका आरोपीको मृत्यु

Death body

मोरङ  । नेपाल ट्रेड युनियन कांग्रेस मोरङका पूर्वअध्यक्ष गोपाल शर्माको जिल्ला कारागार मोरङमा मृत्यु भएको छ। कारागारका निमित्त प्रमुख जेलर रामप्रसाद पोखरेलका अनुसार जबरजस्ती करणी मुद्धामा कैद सजाय भुक्तान गरिरहेका शर्माको मृत्यु भएको हो।

विराटनगर महानगरपालिका ७ का ६३ वर्षीय शर्माको शनिबार विहान मृत्यु भएको उनले बताए। न्यून रक्तचापको समस्यासँगै स्वास्थ्य अवस्था खराब भएपछि उनलाई शुक्रबार राति उपचारका लागि कोशी अस्पताल विराटनगर लगिएको थियो।

स्वास्थ्यमा सुधार देखिएपछि अस्पतालले शर्मालाई शनिबार बिहान करिब ६ बजे डिस्चार्ज गरेको थियो। अस्पतालबाट डिस्चार्ज भएर कारागार पुर्‍याइएका शर्मा पुनः बिरामी भएको पोखरेलले बताए। सो क्रममा कारागारबाट अस्पताल पुर्‍याएसँगै बिहान ७ः४० मा चिकित्सकले मृत घोषणा गरेका थिए।

ट्रेड युनियनको पहिलो कार्यकाल सकेर दोस्रो कार्यकालको क्रममा शर्मामाथि जबरजस्ती करणीको आरोप लागेको थियो। शर्माविरुद्ध जिल्ला अदालत मोरङले २०७१ साल मंसिर १२ गते ८ वर्ष ६ महिना कैद सजायको फैसला गरेको थियो।

मृतकको शव परिवारका सदस्यलाई जिम्मा लगाउने तयारी गरिएको कारागारका निमित्त प्रमुख पोखरेलले जानकारी दिए।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...