प्रचण्ड र अमेरिकी विदेशमन्त्री लूबीच भेटवार्ता, अनुदान सहयोग लिने वा नलिने बारे छिट्टै निर्णय गर्नुपर्नेमा जोड

Pra1637318619

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूबीच शिष्टाचार भेटघाट भएको छ ।

सिंहदरबारमा शुक्रबार भएको भेटमा अमेरिकी सहायक विदेशमन्त्री लूले अध्यक्ष प्रचण्डलाई अमेरिकी अनुदानसम्बन्धी सम्झौता (एमसीसी) बारे छिटो निर्णयमा पुग्न आग्रह गर्दै सम्झौताको समयसीमा सम्झाएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

जवाफमा प्रचण्डले अमेरिकी सहयोग लिन्नौं भन्ने आफ्नो धारणा नभए पनि एमसीसीमा उल्लेखित केही प्रावधान नेपालमा विवादको विषय बनेको बताए ।

प्रचण्डले एमसीसीबारे सबै पक्षको एउटा साझा समझदारी बनाउने प्रयास भइरहेको बताए । प्रचण्डले एमसीसीको विषयमा माओवादी केन्द्रको मिहिनेत नेपालका सबै पक्षसँग छलफल गरेर साझा समझदारी बनाउनु हुने बताएको स्वकीय सचिव मल्लले जानकारी दिए ।

अमेरिकी पक्षले अनुदान सहयोग लिने वा नलिने बारेमा नेपाल छिट्टै निर्णयमा पुग्नुपर्नेमा जोड दिएको उनले बताए । जवाफमा प्रचण्डले यसबारे राष्ट्रिय सहमति बनाएर निर्णय गर्ने जवाफ दिएको मल्लले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...