प्रधानन्यायाधीशविरुद्ध आज पनि वकिलहरु धर्नामा, सुरक्षा व्यवस्थापनको लागि बढाइयो प्रहरी
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आज (शुक्रबार) पनि वकिलहरु धर्नामा बसेका छन् । नेपाल बार एशोसिएसनको नेतृत्वमा भएको धर्नामा प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै विभिन्न ठाउँका कानुन व्यवसायीहरु बार भवन अगाडि धर्नारत छन् ।
धर्ना व्यवस्थापनका लागि सुरक्षा पनि बढाइएको छ । शुक्रबार पनि सर्वोच्च अदालत आसपास र प्रवेशद्वारमा सुरक्षाकर्मी तैथान गरिएको छ । प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै केही सातादेखि नेपाल बारको नेतृत्वमा कानुन व्यवसायीले सर्वोच्च अदालत प्रवेश गर्ने मूल गेटमा धर्ना दिँदै आएका छन् ।
प्रधानन्यायाधीश जबरा भने मूल गेटबाट नभई गेट नम्बर–२ बाट अदालत प्रवेश गर्दै आएका छन् । काठमाडौं उपत्यकाका सबै अदालतस्थित बार एकाइका कानुन व्यवसायी आ–आफ्ना ब्यानर लिएर बारको केन्द्रीय कार्यालय अगाडि जम्मा भएका हुन् ।
प्रतिकृया दिनुहोस