सर्वोच्चमा सुनुवाई गर्दा अब गोलाप्रथा लागू हुने 

Supreme court

काठमाडौँ । सर्वोच्च अदालतमा मुद्दाको सुनुवाई गर्दा अब गोलाप्रथा लागू हुने भएको छ। बिहीबार बसेको सर्वोच्च अदालतको ‘फूलकोर्ट’ बैठकले नियमावली तथा निर्देशिका पारित गरेको हो।

बैठकले सर्वोच्च अदालत नियमावली र गोला प्रणालीद्वारा पेशी व्यवस्थापन सम्बन्धी निर्देशिका पारित गरेको हो। अब सो सम्बन्धी सूचना राज पत्रमा प्रकाशित भएपछि गोला प्रथाबाट पेशी तोकिन्छ।

बिहीबार प्रधानन्यायाधीशको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनको अगुवाईमा बाहिर धर्ना र विरोध प्रदर्शन भइरहँदा भित्र प्रधानन्यायाधीशकै अध्यक्षतामा फूलकोर्ट बैठक बसेर सो निर्णय गरेको हो।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...