कांग्रेस प्रदेश क्षेत्रको अधिवेशन शुक्रबारदेखि, यस्तो बन्नेछ कार्यसमिति

1632619155 fpelo

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत ३ मंसिर (शुक्रबार) देखि प्रदेशसभा निर्वाचन क्षेत्र सुरु हुँदैछ ।

कांग्रेस केन्द्रीय महाधिवेशन २४/२६ मंसिरमा काठमाडौंमा हुने कार्यतालिका छ । महाधिवेशनको तीव्र तयारीमा लागेको कांग्रेसले देशैभरिका तीन सय ३० प्रदेशमा अधिवेशन गर्न लागेको हो ।

तर, अझै सर्लाही, सिन्धुपाल्चोक र रसुवामा वडा र गाउँपालिका तहमा विवाद कायमै छ । जसकारण विवादित प्रदेश निर्वाचन क्षेत्रबाहेक अन्य ठाउँमा शुक्रबार नै अधिवेशन हुने कांग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालले जानकारी दिए ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रदेश सभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएपछि प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन हुने बताए । ‘सबैजसो जिल्लामा वडा र पालिकास्तरका अधिवेशन सम्पन्न भएका छन्, विवाद देखापरेका जिल्लामा निर्वाचन समितिले थप निर्णय र निर्देशन दिनेछ,’ प्रवक्ता शर्माले भने, ‘तर पनि समस्या समाधान भएका जिल्लाहरुमा प्रदेशस्तरका निर्वाचन गर्दछौं ।’ उनका अनुसार तीन सय ३० वटा प्रदेशमा अधिवेशन सम्पन्न गरेपछि ६ मंसिरमा एक सय ६५ प्रतिनिधिसभा क्षेत्रमा अधिवेशन हुनेछ ।

प्रदेश सभा क्षेत्रीय अधिवेशनले आफूमध्येबाट कम्तीमा तीन महिलासहित १० जना प्रत्यक्ष र महिला, दलित, आदिवासी जनजाति, खसआर्य, मधेसी, थारु, मुस्लिम, पिछडिएको क्षेत्रबाट ६ जना प्रदेश सभा क्षेत्रको जनसंख्याको बनोटअनुसार, तोकिएबमोजिम समानुपातिक आधारमा गरी जम्मा १६ जना प्रतिनिधि निर्वाचित गर्नेछ । प्रदेश अधिवेशनको प्रतिनिधि हुन क्रियाशील सदस्यता प्राप्त गरेको तीन वर्ष पुगेको हुनुपर्नेछ ।

प्रदेश सभा कार्यसमितिमा एक सभापति, दुई उपसभापति, दुई सचिव र दुई सहसचिव निर्वाचनबाट छानिनेछन् । कार्यसमितिमा आएका १६ जना प्रतिनिधिमध्येबाट कोषाध्यक्ष मनोनयन गरिनेछ । सभापतिले कार्यसमितिको २० प्रतिशत अर्थात् चार जना सदस्य मनोनीत गर्ने छन् । यसरी जनसंख्याका आधारमा प्रदेश सभा निर्वाचन समिति २७ सदस्यीय वा त्यो भन्दा केही तल/माथि हुनेछ ।

 
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...