बार परिसरभित्रै पसेर अश्लील शब्द प्रयोग गरेर वकिलहरुलाई धम्याउने को हुन् ?
काठमाडौँ । नेपाल बार एसोसिएसनको कार्यालय परिसरमै पसेर केही युवाहरुले वकिलहरुलाई तथानाम गाली गरेका छन् ।
पैसा खाएर जथाभावी मुद्दा हेर्ने गरेको भन्दै ती युवाहरुले वकिलहरुलाई कालो कोट च्यातिदिने धम्कीसमेत दिएका थिए ।
युवाहरुलाई प्रतिकार गर्दै वकिलहरु उत्रेपछि ती युवाहरु बार परिसरबाट बाहिरिएका थिए । स्वास्थ्य मन्त्रालयमा रातो रङको कार पार्क गरेर ती युवाहरु बार परिसर प्रवेश गरेका थिए।
वकिलहरुलाई जथाभावी धम्क्याएर ती युवा निस्केपछि बल्ल प्रहरी बार परिसर पुगेको थियो।
प्रतिकृया दिनुहोस