प्रहरीको लाठी प्रहारबाट बारका अध्यक्ष श्रेष्ठको टाउकोमा गम्भीर चोट, न्यूरो अस्पताल भर्ना
काठमाडौँ । सर्वोच्च अदालत परिसरमा प्रहरीको लाठी प्रहारबाट घाइते भएका नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई उपचारका लागि अस्पताल लगिएको छ ।
आज प्रहरीको लाठी प्रहारबाट गम्भीर चोट लागेर घाइते भएका श्रेष्ठलाई अस्पताल लागिएको हो । घाईते श्रेष्ठको टाउकोमा गम्भीर चोट देखिएको छ ।
त्यस्तै प्रहरीको लाठी प्रहारबाट श्रेष्ठसँगै बारका केन्द्रीय सदस्य प्रकाश महर्जन पनि घाइते छन् । प्रहरीको लाठी प्रहारबाट घाइते हुनेहरुमा कपिल पोखरेल, रमण कर्ण, युवराज भण्डारी, गोपाल सापकोटा, ऋषिराम घिमिरेलगायतका कानून व्यवसायी घाइते भएका छन् ।
प्रतिकृया दिनुहोस