प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले पाए विश्वासको मत

Rajendra rai pic

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई विश्वासको मत प्राप्त भएको छ। बुधबारको प्रदेशसभा बैठकमा भएको मतदानमा राईको पक्षमा ५० मत प्राप्त भएको हो । त्यस्तै उनको विपक्षमा २९ मत परेको छ। त्यस्तै दुवै पक्षमा मत दिन्नँ अर्थात् तटस्थमा शून्य मत परेको थियो। मतदानमा ७९ सदस्यहरू सहभागी भएका थिए ।

कात्तिक ३० गते मंगलबार नै विश्वासको मत लिने कार्यसूची रहेको भए पनि नेपाल बन्दको कारण देखाउँदै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरू अनुपस्थित भएपछि बैठक स्थगित भएको थियो ।

९२ सदस्यीय प्रदेशसभामा एमालेका ४१ सांसद छन्। जसमध्ये १ जना सभामुख छन् भने एकजना फरार छन् ।

त्यस्तै कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जनता समाजवादीका तीन र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक र राप्रपाका एकजना सांसद छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...