मुस्ताङको थासाङमा हिमपहिरो, भागदौडमा ७ घाइते
काठमाडौँ । मुस्ताङको थासाङ गाउँपालिका-२ याङ्दान खर्कमा गएको हिमपहिरो गएको छ । हिमपहिरो आएपछि भाग्ने क्रममा ७ जना घाइते भएका छन् । आइतबार बिहान ११ बजेर ४० मिनेटमा टुकुचे पिक हिमालबाट हिम पहिरो खसेको मुस्ताङका जिल्ला प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए ।
हिमपहिरोबाट भएको मानवीय क्षतिबारे विवरण आइनसकेको उनले बताएका छन्। प्रमुख जिल्ला अधिकारी शर्माका अनुसार अहिलेसम्म हिमपहिरोका कारण भएको मानवीय क्षतिको विवरण आइसकेको छैन।
‘उक्त हिमपहिरो धेरै लेदोमाटोसहित खसेको छ’ उनले भने, ‘त्यहाँ सुरक्षाकर्मीहरु पठाइसकेका छौँ। घटनास्थल जोसमोबाट १९ किलोमिटरको दूरीमा छ।’ मुस्ताङको थासाङ गाँउपालिका वडा नम्बर ३ स्थित कोवाङको याङदेल खर्कमा हिमपहिरो खसेको हो। उक्त हिमपहिरो स्थानीय कृषकहरूको पशुपालन क्षेत्रमा आएकाले क्षति भएको अनुमान छ।
हिमपहिरो गएपछि अहिले प्रहरीको टोली त्यहाँ पुगिसकेको छ। हिमपहिरो झरेपछि स्थानीय भने त्रसित भएका छन् । हिमपहिरोसँगै आएको माटो र शक्तिशाली हावाका कारण त्यहीँको जनआदर्श अमरसिंह माविका विद्यार्थी भाग्नु परेको छ।
त्यसक्रममा आधा दर्जन विद्यार्थी घाइते भएका छन्। घाइते विद्यार्थीहरुलाई अहिले उपचार गर्न जोमसोम लगिँदैछ।
प्रतिकृया दिनुहोस