आश लाग्दी आशा :यसकारण पनि ‘हुने विरुवाको चिल्लो पात’ हुन् एआइजी सिंह
काठमाडौं । हुने विरुवाको चिल्लो पात भनेझैं प्रहरी अतिरिक्त महानिरीक्षक आशा सिंह नेपाल प्रहरीको यस्तो आसलाग्दो चिल्लो पात हुन्, जसलाई नेपाल प्रहरीमा नेतृत्व सम्हाल्ने पात्रको रुपमा खोजिरहेको छ ।
उनी प्रहरी संगठनभित्रको चिकित्सक हुन् । तर, उनले जहिले पनि प्रशासनिक अधिकार पनि पाउने गरेकी छन् । पेशाले चिकित्सक भए पनि उनलाई सक्षम नेतृत्वकर्ताको रुपमा लिइन्छ ।
उनी एक कर्मशील, कुशल र सफल प्रशासकको रूपमा नेपाल विरेन्द्र प्रहरी अस्पतालमा क्रियाशील छन् । उनको कार्यबाट अस्पतालमा कार्यरत उनका सहयोगीहरू तथा अस्पतालमा स्वास्थ्य उपचार गर्न आएका सबै सेवाग्राहीहरू उनको कामको मुक्तकण्ठले प्रशंसा गर्छन् । आशा सिंह एक धिर, इमान्दार, लगनशील एवं आदर्श नारी हुन् ।
आश लाग्दी आशा
उनको जन्म पिता स्वर्गीय डाक्टर नसिङ नारायण सिंह र माता विवेकी सिंहबाट २९ जुलाई १९६६ मा भएको थियो । उनको शिक्षा दिक्षाका लागि पिता नरसिंहनारायणबाट राम्रो शिक्षालयमा पठाइ शिक्षाको आरम्भ गराएका थिए ।
उनका तीन दाजुभाइ दुइ बहिनी आफु समेत गरेर छ जना दाजुभाई दिदीबहिनी छन् । उनीहरू एक शैक्षिक परिवार उच्च वर्गीय घरनाका असल स्वभाव बोकेर स्वावलम्बि जीवन बिताइरहेका छन् ।
आशाको पुर्खौली घर सर्लाही हो । माताको माइती भारतको मघुवली जिल्लाको बिहारमा थियो । पछि यिनीहरू पुरानो बानेश्वरमा बसोवास गर्दै समाजमा राम्रो छवी बोकेर बसेको स्कूल सानो गौचरनमा अवस्थित महेन्द्र भवन कन्या माध्यमिक हाई स्कुलमा उनीहरू तीनै जना दिदी बहिनीको शिक्षा दिक्षाको सुरूवात भयो ।
पढ्नमा तेजिला, जाँगरिला, उत्साहित विद्यार्थीहरू थिए । यी मध्ये आशा जिज्ञासाकी खानी थिइन् । सानैदेखि निडर पनि थिइन् । आशा सानैदेखि मेहनती, इमान्दारी परिश्रम गर्ने अरूहरूको दुःखमा साथ दिने हरेक क्षेत्रमा प्रतिस्पर्धी जीवन जिएकी र जिइरहेकी छिन् । आशा पढाइमा सधैं उत्कृष्ट अंक प्राप्त गरी विद्यालयको रेकर्ड नै ब्रेक गरेकी थिइन् ।
उनी भद्र, नम्र, दयालु, आज्ञाकारी, सहनशील, ठूलाहरूले भनेको मान्ने सानाहरूलाई प्रेम गर्ने साथीसंगीहरूसँग अति मिलनसार व्यवहार गर्न सदा तत्पर थिइन् । अर्थोपेडिक डाक्टर रमेशप्रसाद सिंहसँग विवाह भएकी आशा प्रहरीमा निरन्तर सेवामा रहिरहेकी छन् । उनका श्रीमान रमेशप्रसाद सिंह भने २०५३ सालदेखि नेपाल मेडिकल कलेजमा अर्थोपेडिक विभागको प्रमुखमा कार्यरत छन् ।
आशा सिंहको बुबा नर्सिङ नारायण सिंह त्रि.वि.को अग्रेजी विषयका प्राध्यापक थिए । बुबाको प्रेरणाले र आफ्नो मेहनतले आशाले पाकिस्तानबाट डिप्लोमा इन गाइनेअबसेक्स विषयमा पोष्ट ग्राजुएट्स गर्न सफल भइन् । लाहोरमा रहेको पोष्ट ग्राजुएटस् मेडिकल इन्टिच्युटबाट पिजी गर्नु अघि भारतको दिल्ली युनिभर्सिटिअन्तर्गतका लेडि हार्डिङ मेडिकल कलेजबाट एम.वी.वी.एस छात्रवृत्तिमा पढेकी थिइन् ।
काठमाडौंको लैनचौरस्थित अमृत साइन्स क्याम्पसबाट प्रथम श्रेणीमा उत्कृष्ट अंक ल्याएर आइएससी उत्तीर्ण गरेकै कारण उनले उच्च शिक्षा लिने मौका पाइन् । पछि आएर उनले नेपालकै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालबाट प्रसुति तथा स्त्री रोग विषयमा एमडीसम्म गर्न सफल भइन् ।
उनको मानसिक रोग विशेषज्ञ बनेर धेरै मनिसहरूसँग परामर्शद्वारा आफूलाई समाजमा चिनाउने विचार थियो । मान्छेहरू भन्ने गर्दछन् ‘की पढेर की परेर’ ठूला ठूला उपलब्धि प्राप्त गर्दछन् । साच्चै आशा दुबै कुराको अनुभवी भएर समाजमा देशमा राष्ट्रमा चुनौतीपूर्ण जीवन व्यतित गर्दै छन् ।
नयाँ–नयाँ सोच विचार गरेर विभिन्न प्रकारका तालिम गोष्ठीको आयोजना गर्दै आफ्नो कार्यक्षेत्रलाई सुगममय बनाउने लक्ष्य उद्देश्य हित अघि बढ्दै गइन् । धैर्यताको फल मीठो हुन्छ भनेझै दश वर्षपछि शिक्षा हासिल गर्दा पनि उत्कृष्ट अंक नै प्राप्त गर्ने आशाको जीवन सन्देश सबैका सामु पारदर्शी हिसाबले देखाएकी छन् ।
नेपाल मेडिकल संघद्वारा सम्मानित १५ जना चिकित्सकमध्ये उनी पनि एक हुन् । राष्ट्रपतिद्वारा प्रवल जनसेवाश्रीबाट विभूषित भएकी उनी कोरोना महामारीमा उत्कृष्ट काम गरेवापत् नेपाल प्रहरी अस्पतालले पुरस्कार पाउन सफल गराइन् ।
आशाले पढाइ सकेर जीवनको लामो यात्रा त्रि.वि.वि. शिक्षण अस्पतालबाट जागिरे जीवनको शुरूवात गरिन् । जागिरे भएको केही समयमै नेपाल प्रहरी अस्पताल माहाराजगञ्जमा डाक्टरहरू माग गरेर भर्ना खुलेको थाहा पाउने वित्तिकै फारम भरि इन्टरभ्यूमा बसिन् । लगत्तै इन्स्पेक्टर डा. आशा सिंह स्त्री रोग विशेषज्ञ बनि पहिलो लिस्टमै नाम निकालिन् । त्यो समयमा नेपाल प्रहरी अस्पतालमा स्त्री रोगको विभाग भने थिएन ।
आशाले ठूलो सहास बटुल्दै आफ्नो हाकिमलाई स्त्री रोग विभागको माग गरिन् । उनले आफ्नो बलबुता र इमान्दारिताका साथ स्त्री रोग विभागलाई माथिल्लो स्थानमा पु¥याइन् । यो साच्चै नेपाल प्रहरी अस्पताललाई चुनौतीपूर्ण कार्य बनेको थियो । र, आशाको सत्कर्मले सफल भयो ।
नेपाल प्रहरी अस्पतालको स्थापना कालको कुरा गर्न पर्दा देउसीभैलो खेलेको पैसाद्वारा अस्पतालको उत्थान भएको भनिन्छ । त्यसरी शुरू गरिएको अस्पताल यति ठूलो रूपमा रूपान्तरण भएको छ । नेपाल प्रहरी अस्पतालले जनमानसको समक्ष धेरै ठूलाठूला कार्य गर्ने गराउने गरिराखेको बोध सबैमा छ ।
अस्पतालले व्यारेक, शौचालय, मेस हेर्ने, अपराध नियन्त्रण, डकैती, अपहरण नियन्त्रण, विकास निर्माणको काम गर्ने, विद्युत चोरी, चुहावटबाट रोकावट जस्ता कार्य गरेर आफ्ना विशेष भूमिका निर्वाह गर्ने गराउने गरिरहने प्रतिबद्धता आशाको क्रियाकलापले देखाएको छ ।
नेपाल वीरेन्द्र प्रहरी अस्पतालमा एउटा उल्लेखनीय भूमिका निर्वाह गर्न महिला एआइजीपी डा. आशा सिंहलाई पदोन्नति गरिएपश्चात् एक वर्षको अन्तरालमा पूरा अस्पतालको बाहिरभित्र व्यवस्थापन कार्यमा आमूल परिवर्तन भएको छ ।
‘विभिन्न प्रकारका समस्यासँग संघर्ष गर्दै कुनै काम ठूलो र सानो हुँदैन । अहिंसा र निःस्वार्थी सेवाको शिक्षा जनमानसमा आवश्यक छ’ उनले भनिन्, ‘ज्ञान, सीप र धारणा समयानुकुल स्वास्थ्य र स्वच्छ वातावरण तय गर्ने सामाजिक कुसंस्कार विकृतिलाई सुधार गर्ने, स्वास्थ्य क्षेत्रको विकासका कार्यमा हटेर होइन डटेर कार्य गर्नुपर्छ ।’
कोरोना महामारीले देशलाई थिलथिलो नै बनायो । धेरै मानिसहरु कोरोना संक्रमित बने । कोरोना महामारीले धेरै मानिसहरूले ज्यान गुमाए । अझै पनि मानिसहरू पूर्ण निको भएका छैनन् । उनी भन्छिन, ‘यो समय आरोप प्रत्यारोपनको हैन एकताको हो ।’
उनी नेपाल वीरेन्द्र प्रहरी अस्पतालको पुननिर्माण कार्यमा र विभिन्न विकास उन्नतीका कार्यमा व्यस्त देखिन्छिन् । आफ्ना रोगी विरामीहरू जो जत्ति जचाउन आउँछन्, जो औषधी लिएर घर जान्छन्, उनीहरुलाई फोनबाटै स्वास्थ्य अवस्थाबारे सोध्ने गर्छिन् । जसले गर्दा पनि कोरोनाकालमा उनी विरामीहरुको मनमा बस्न सफल भइन् । यही कारणले पनि विरामीको मन जितेर राम्रो छवी बनाएर आशा नेपाल प्रहरी अस्पतालको कर्मशील नारी बनेकी देखिन्छन् ।
(गिरी भूतपूर्व सहायक प्रधानाध्यापिका महेन्द्र भवन माध्यमिक विद्यालय, सानोगौचरण तथा पूर्व विद्यार्थी संगठनकी उपाध्यक्ष एवम् एसओएस बालग्रामका भूतपूर्व सहायक निर्देशक हुन् ।)
प्रतिकृया दिनुहोस