प्रचण्डको निजी सचिवालयबाट दुई सदस्यलाई हटाइयो
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी सचिवालयबाट दुई सदस्यहरुलाई हटाइएको छ ।
सदस्यद्वय जोगबहादुर महरा र बिष्णु सापकोटा ‘जुगल’लाई सचिवालयको जिम्मेवारीबाट हटाइएको अध्यक्ष प्रचण्डले स्थायी समिति बैठकमा जानकारी गराएका हुन् ।
सचिवालयबाट जिम्मेवारीमुक्त गरिएको महरालाई लुम्बिनी प्रदेशको सह–इन्चार्जको जिम्मेवारी दिइएको छ भने सापकोटालाई प्रेस सेन्टरको जिम्मेवारी दिइएको छ ।
सचिवालयमा कस्लाई राख्ने भन्नेबारेमा छलफल भइरहेको पनि बताइएको छ । हाल अध्यक्ष प्रचण्डको सचिवालयमा स्वकीय सचिवका रुपमा छोरी गंगा दाहाल मात्रै रहेकी छन् ।
प्रतिकृया दिनुहोस