तोकिएका सबै मुद्दाको सुनुवाइ रोकियो

Court supreme

काठमाडौँ । सर्वोच्च अदालतमा आज शुक्रबारका लागि पेसी तोकिएका सबै मुद्दाको सुनुवाइ रोकिएको छ।

आजका लागि पेसी तोकिएका दुई सय २३ मुद्दामध्ये कुनै पनि मुद्दाको सुनुवाइ नभएको सर्वोच्चले जनाएको छ।

शुक्रबार न्यायाधीशको इजलास बहिष्कार र कानुन व्यवसायीले बहस बहिष्कार गरेपछि सबै मुद्दाको सुनुवाइ रोकिएको हो।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आजका लागि सबै प्रकृतिका मुद्दाको पेसी तोकेका थिए। जबराले आजका लागि एक एकल र सात संयुक्तसहित आठ इजलास तोकेका थिए।  उनले आफ्ना लागि भने कुनै इजलास तोकेका थिएनन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...