सहमतिका आधारमा प्रतिनिधि चयन गर्ने कुरा सकारात्मक छ : गोकर्ण विष्ट

Gokarna bista1 2021

काठमाडौँ । नेकपा (एमाले) का नेता गोकर्ण विष्टले १०औं महाधिवेशनमा सहमतिका आधारमा प्रतिनिधि चयन गर्ने सकारात्मक प्रक्रिया देखिएको बताएका छन् । शुक्रबार सामाजीक संजालमा लेख्दै नेता विष्टले यस्तो बताएका हुन् ।

उनले लेखेका छन्, ‘नेकपा एमालेको १०औं महाधिवेशनमा सहमतिका आधारमा प्रतिनिधि चयन गर्ने सकारात्मक प्रक्रिया देखिएको छ । पार्टीलाई विभिन्न शक्तिहरुले घेरावन्दी गर्ने प्रयास गरिरहेको यो चुनौतीपूर्ण क्षणमा राजनैतिक, वैचारिक, भावनात्मक र संगठनात्मक एकताले पार्टीलाई थप सशक्त बनाउनेछ ।’

त्यस्तै समझदारी र सहमतीका साथ प्रतिनिधि चयन गर्न पार्टी सदस्यहरुले देखाउने गम्भीर र जिम्मेवारपूर्ण भुमिकाले नै पार्टीलाई थप उचाई प्राप्त हुने उनको विश्वास रहेको छ ।
 
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...