प्रधानसेनापति शर्माले भेटे भारतीय विदेशमन्त्रीलाई  

Prabhu ram sharma meet s jayashankar

काठमाडौँ । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले बिहीबार दिउँसो भारतीय विदेशमन्त्री एस जयशंकरलाई भेटेका छन्।

भारत भ्रमणमा रहेका प्रधानसेनापति शर्माले मन्त्रालयमै पुगेर मन्त्री जयशंकरसँग संवाद गरेका हुन्।प्रधानसेनापति शर्मासँग भारतीय राजनीतिक तहबीच भेट गराउने प्रयास पनि यससँगै सफल भएको छ।

प्रधानसेनापति शर्मासँगको भेटबारेमा विदेशमन्त्री जयशंकरले ट्वीट गरेर जानकारी दिएका छन्। उनले प्रधानसेनापति शर्मालाई मन्त्रालयमा स्वागत गर्न पाउँदा खुसी लागेको बताएका छन् ।

‘यो भ्रमणले दुई देशको सम्बन्धले अझै निकट बनेको छ,’ उनले उल्लेख गरेका छन्। प्रधानसेनापति चार दिने भ्रमणका लागि भारत भ्रमणमा गएका थिए। 

भारतीय राष्ट्रपति डा.रामनाथ कोविन्दले प्रधानसेनापति शर्मालाई बुधबार त्यहाँको सेनाको मानार्थ महारथीको उपाधि प्रदान गरेका थिए। 

नेपाल र भारतबीच एकअर्काका सेनाका प्रमुखलाई मानार्थ महारथीको उपाधि दिएर सम्मान गर्ने परम्परा छ। 

 
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...