सरकारविरुद्ध विप्लव समूहद्धारा आन्दोलनको घोषणा, ३० गते नेपाल बन्द गर्ने (विज्ञप्तीसहित)

Biplap

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भोलिबाट सरकार विरुद्ध आन्दोलन सुरु गर्ने भएको छ ।

सरकारले जनताको दैनिक जीवनसँग जोडिएका पेट्रोलियम तथा खाद्यवस्तुजस्ता अत्यावश्यक वस्तुमा निरन्तर मूल्यवृद्धि गरेको भन्दै भोलिबाट देशव्यापी रुपमा विरोध प्रदर्शन गर्ने भएको छ ।

पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले आज एक विज्ञप्ती निकाल्दै मुल्यवृद्धिलाई सरकारी दोहन भनेका छन् । विज्ञप्तीमा भनिएको छ,‘यस प्रकारको सरकारी दोहनलाई जनताले निरीहतापूर्वक पालना गर्नुपर्ने बाध्यता जस्तै बनेको तथ्य हाम्रो सामू छ ।’

महासचिव विप्लवले जनताको भावनाको कदर गर्दै मूल्यवृद्धि तुरुन्त खारेज गर्न सरकारसँग अपिल पनि गरेका छन् ।

२५ गते देशव्यापी विरोध गर्ने, २६ गते मशाल जुलुस निकाल्ने, २७ गते दिउँसो १ देखि २ बजेसम्म देशव्यापी प्रदर्शन गर्ने, २८ गते बिहान १० देखि ११ बजेसमम चक्काजाम गर्ने, २९ गतेदिउँसो सिट्ठी जुलुस र साँझ मसाल जुलुस निकाल्ने समूहले जनाएको छ ।

३० गते नेपाल बन्द गर्ने कार्यक्रमसमेत रहेको उक्त समूहले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...