प्रधानन्यायाधीशले आज पनि तोके ९ इजलास

Cholendra rana

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराले बिहीबार पनि आफूसहितका ९ वटा इजलास तोकेका छन् । उनले १७७ वटा मुद्दाको पेसी राख्दै इजलास तोकेका हुन् ।

राणाले आफ्नो पनि एकल इजलास तोक्दै ६ वटा मुद्दा पेसीका लागि राखेका छन् । तीनजना न्यायाधीशको उनले पूर्ण इजलास तोकेका छन् ।

उनले न्यायाधीश दीपकुमार कार्की र प्रकाशमान सिंह राउतको इजलासमा २६, मीरा खडका र तेजबहादुर केसीकोमा २८, हरिकृष्ण कार्की, आनन्दमोहन भट्टराई र सुष्मालता माथेमाकोमा ३४, विश्वम्भरप्रसाद श्रेष्ठ र नहकुल सुवेदीकोमा २६, विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासमा २, वमकुमार श्रेष्ठ र कुमार रेग्मीकोमा २७, प्रकाशकुमार ढुंगाना र कुमार चुडालको इजलासमा २४ र नहकुल सुवेदीको एकल इजलासमा ४ वटा मुद्दाको पेसी तोकेका छन् ।

बन्दीप्रत्यक्षीकरणका मुद्दाको मात्रै सुनुवाइ गर्ने बताउँदै आएका न्यायाधीशहरुको इजलासमा आज पनि जबरजस्ती करणी, ठगी, लागुऔषध खैरो हिरोइन, डाका, कर्तव्य ज्यान, चोरी शिकारी, मानव बेचबिखन तथा ओसारपसार र अपहरण तथा शरीर बन्धक, वैदेशिक रोजगार, भ्रष्टाचार लगायतका सबै प्रकृतिका मुद्दाको पेसी तोकिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...