धादिङमा दुई वटा बस ठोक्किँदा ३५ यात्रु घाइते, दुईको अवस्था गम्भीर

15706020221554963163accident 768x541

काठमाडौँ । धादिङको कालुपाण्डे मार्गअन्तर्गत नीलकण्ठ नगरपालिका–८ मा भएको बस दुर्घटनामा ३५ जना घाइते भएका छन्। साँघुरो घुम्तीमा दुई वटा बस एकआपसमा ठोक्किएर भएको दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

धादिङबेँसीबाट चितवन गइरहेको ना५ख ३२३५ नंको बस र काठमाडौँबाट धादिङबेँसी हुँदै फूलखर्कतर्फ आउँदै गरेको ना७ख ५८२८ नंको बस एकआपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक  एवम् सूचना अधिकारी जागेश्वर भण्डारीले बताए।

दुर्घटनामा घाइते भएका सबैको धादिङ अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये गम्भीर अवस्थाका दुईजनाको थप उपचारका लागि ट्रमा सेन्टरमा पठाइएको छ। बाँकी सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...