सुनसरीमा एमालेको बैठकलाई अवैधानिक भन्दै द्वारिकलाल चौधरीले खोसे माइक

Sunsari

काठमाडौँ । सुनसरीमा एमालेको बैठकलाई अवैधानिक भन्दै इटहरी उपमहानगरपालिका मेयर एवम् पार्टीका पूर्व जिल्ला अध्यक्ष द्धारिकलाल चौधरीले माइक खोसेका छन्।

इनरुवास्थित ओमसाई पार्टी प्यालेसमा बुधबार बस्ने भनिएको बैठकमै मेयर चौधरी माइक खोस्न स्टेजमा पुगेका थिए ।

चौधरीले माइक खोसेपछि बैठकस्थलमा तनाव उत्पन्न भएको छ।माइक खोसेपछि चौधरी कार्यक्रमस्थलबाट हिँडेका छन्। उनले उक्त बैठक बहिष्कार गरेको बताएका छन्। उनले सुनसरी एमालेको विवादलाई लिएर पत्रकार सम्मेलन तयारी गरेका छन्। चौधरीले माइक खोसे पनि बैठक अघि बढिसकेको छ। 

एमालेमा २०७५ जेठ २ मा फर्किने विषयलाई लिएर चलिरहेको विवादले उग्र रुप लिएपछि जेठ २ अघिका अध्यक्ष रमेश बस्नेत र पछिल्लो पटकका अध्यक्ष रेवतीरमण भण्डारीको समूहबीच विवाद भएको थियो । बुधबार दुवैजनालाई ‘व्याक’ गरेर पार्टी इन्चार्ज धर्म निरौलाले बैठकको अध्यक्षता गरेका थिए। 

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...