सिन्धुलीमा लाग्यो निषेधाज्ञा, राती १२ बजे मात्रै सकिने

Sindhuli

काठमाडौँ । सिन्धुलीको सदरमुकाममा बुधबार निषेधाज्ञा जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनामा स्टल बजार, जुनारचोक, बसपार्क, ग्वाङ् खोला पुल, हस्पिटल रोड क्षेत्रलाई आज बिहान ११ बजेदेखि राति १२ बजेसम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको हो । 

स्थानीयका अनुसार सिन्धुली सदरमुकाममा आयोजित एक कार्यक्रममा एमालेका महासचिव ईश्वर पोखरेललाई प्रमुख अतिथि बनाएको विषयमा विवाद भएपछि झडप हुने देखेर स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

सदरमुकाम सिन्धुलीगढीस्थित बाल उद्यान पार्क उदघाटन तथा बिपी कोइराला र पुष्पलाल श्रेष्ठको अर्धकदको शालिक अनावरण गर्न कमलामाई नगरपालिकाले एमालेका महासचिव ईश्वर पोखरेललाई निमन्त्रणा गरेको थियो। त्यसका लागि पोखरेलले मंगलबारै सिन्धुलीगढी पुगिसकेका छन् ।

तर सत्ता गठबन्धनका दलका कार्यकर्ताले उनलाई प्रमुख अतिथि बनाइएको भन्दै कार्यक्रमस्थल बाल उद्यान पार्क घेरे। त्यस क्रममा एमाले कार्यकर्ता र उनीहरूबीच विवाद भयो ।

त्यसपछि सहमतिका लागि भनेर सिन्धुलीका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेको कार्यकक्षमा सर्वदलीय बैठक पनि राखियो। तर दुई पक्षबीच समझदारी हुन नसकेपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो । 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...