कानून व्यवसायीले बुझाए बारलाई ज्ञापनपत्र   

Gyapan patra

काठमाडौँ । अदालतमा नियमित सुनुवाई र बहस नहुदा सर्वसाधारणहरु समस्यामा परेको भन्दै स्वतन्त्र राष्ट्रिय कानुन व्यवसायी अभियानले नेपाल बार एसोसिएसनमा ज्ञापन पत्र बुझाएको छ ।

न्यायाधीशहरुलाई इजलास बहिष्कार गर्ने अधिकार नभएको र इजलास बहिष्कार गर्दा सर्वसाधारणहरु समस्यामा परेको भन्दै अभियानले नियमित इजलास चलाउने वातावरण बनाउन बार अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्र बुझाउदै अधिवक्ता स्वागत नेपालले बारका आन्दोलनका कारण थुनुवा र वन्दीका मुद्धाहरु प्रभावित भएको बताए ।

उनले प्रधानन्याधिशले गरेका गल्तीको सजाय हुनुपर्ने , न्यायधिशलाई न्यायलयमा प्रवेशमा रोक लगाउने जस्ता आन्दोलनका कार्यक्रम फिर्ता लिनुपर्ने धारणा राखे । तीन दिनभित्र आफुहरुको माग पुरा नभए गलत कार्यको नेतृत्व गरेका व्यक्तिलाई बारमा नै प्रवेश रोक लगाउने उनले बताए ।

ज्ञापन पत्र बुझ्दै बार अध्यक्ष श्रेष्ठले न्यायपालीकालाई सुद्धिकरण गर्नका लागि आफुहरुको आन्दोलन भएको बताए । उनले न्यायपालीकाको सुधारका लागि प्रधानन्याधिश बाधक भएकाले राजीनामा माग गरिएको जानकारी दिए ।

प्रधानन्यायधिशनको राजीनामा माग गर्दै बारले आन्दोलन गरिरहेको छ भने स्वतन्त्र राष्ट्रिय कानुन व्यवसायी अभियानले सेतोपट्टी बाधेर बारको आन्दोलनको बिरोध गरिरहेका छन् ।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...