फेरिए प्रदेश १, कर्णाली र सुदूरपश्चिमका प्रदेश प्रमुख, कोको नियुक्त भए ?

Cabinet deuba

काठमाडौँ । सरकारले तीन प्रदेशका प्रदेश प्रमुख फेरेर नयाँ प्रदेश प्रमुख पठाउने निर्णय गरेको छ।सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेश नम्बर १, कर्णाली र सुदूरपश्चिममा नयाँ प्रदेश प्रमुख फेरेको हो ।

बैठकले निर्णय गरेअनुसार प्रदेश १ मा परशुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिम प्रदेशमा देवराज जोशीलाई प्रदेश प्रमुख बनाउने निर्णय भएको छ ।

तीन प्रदेशमा नयाँ प्रदेश प्रमुख बनाउन भनि निर्णय पत्र राष्ट्रपति कार्यालयमा पठाइसकिएको छ । सत्तारूढ दलहरूले भागबन्डाबमोजिम नै तीन प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने निर्णय भएको छ ।

प्रदेश १ मा प्रदेश प्रमुखका रुपमा नियुक्त हुन लागेका पूर्वसभासद खापुङ जनता समाजवादी पार्टीका नेतासमेत हन् ।

कर्णालीमा प्रदेशमा नियुक्त हुन लागेका प्रदेश प्रमुख परियार यसअघि नै प्रदेश २ को प्रदेश प्रमुख भइसकेका छन् । उनी नेकपा माओवादी केन्द्रनिकट हुन्। सुदूरपश्चिमको प्रदेश प्रमुखमा नियुक्त हुन लागेका जोशी पूर्व सांसद एवं नेपाली कांग्रेसका नेता हुन् ।

हाल प्रदेश १ मा नेकपा एमालेनिकट सोमनाथ अधिकारी प्यासी, सुदूरपश्चिम प्रदेशमा एमालेकै गंगाप्रसाद यादव र कर्णालीमा पनि एमालेनिकट गोविन्दप्रसाद कलौनी प्रदेश प्रमुख रहेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...