काठमाडौँ उपत्यकाका सबै अदालतको इजलास २ घण्टा बहिष्कार गर्ने बारको घोषणा
काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले जबरजस्ती अघि बढेपछि नेपाल बार एसोसियसनले बिहीबारदेखि उपत्यकाका सबै अदालतमा दुई घण्टा इजलास बहिष्कार घोषणा गरेको छ।
बिहीबारदेखि उपत्यकाका सबै अदालतमा कानुन व्यवसायीले दुई घण्टा इजलास नजाने घोषणा गरेका हुन्। बिहान १० बजेदेखि १२ बजेसम्म उपत्यकाका तीनवटै जिल्ला अदालत उच्च अदालत र विशेष अदालत र सर्वोच्च अदातलमा १० बजेदेखि १२ बजेसम्म बेन्चमा नजाने निर्णय भएको बारका अध्यक्ष चणेश्वर श्रेष्ठले बताए।
जबराले आफूखुसी पेशी तोक्न थालेकाले अब कडा आन्दोलनमा जानुको विकल्प नभएको उनले बताए। ‘बार र न्यायाधीशलाई विश्वास नलिइ अघि बढेकाले अब निर्णायक आन्दोलनमा जान्छौँ, कडा आन्दोलन नगरी न्यायपालिका सुधार्न सकिँदैन।’
प्रतिकृया दिनुहोस