कस्तो छ तीन दिनको मौसम पूर्वानुमान ?
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनिय मौसमी प्रणालीको असर नभएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाले मंगलबार जारी गरेको मौसम बुलेटिनमा देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहेको उल्लेख छ ।
मंगलबार दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । राती देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाको भनाई छ।
महाशाखाले प्रदेश नं. १ र गण्डकी प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेकोले सामान्य सतर्कता अपनाउनु हुन अनुरोध गरेको छ ।
बुधबार दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। भने, राति पनि पहाडी भूभागमा आंशिक बदली भएपछि अन्य देशभरको मौसम सामान्यतया सफा रहने महाशाखाले जारी मौसम पूर्वानुमानमा उल्लेख छ ।
यस्तै, बिहीबार दिउँसो देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । बिहीबार राति देशको पहाडी भूभागमा आंशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।
प्रतिकृया दिनुहोस