महाधिवेशनले कांग्रेस र अन्य पार्टीलाई प्रभाव पार्छ : गृहमन्त्री खाँड

Balkrishna khad  jlp

जनकपुरधाम । गृहमन्त्री बालकृष्ण खाँडले कांग्रेसको महाधिवेशनले पार्टी र अन्य सबै पार्टीलाई प्रभावित पार्ने बताएका छन्।

कार्यकर्ता भेला तथा सुरक्षा समितिको बैठकमा सहभागी हुन सोमबार जनकपुरधाम आएका गृहमन्त्री खाँडले जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग उक्त कुरा बताएका हुन्।

‘कांग्रेस लोकतान्त्रिक पार्टी भएकोले पार्टीको विभिन्न गतिविधिले देशका अन्य पार्टीलाई समेत प्रभाव पार्छ’, उनले भने।

गृहमन्त्री खाँडले न्यायापालिका, कार्यपालिका र व्यवस्थापिका स्वतन्त्र रहेको भन्दै न्यायापालिकामा देखिएको समस्या छिटोभन्दा छिटो समाधान हुनुपर्ने सरकारको चाहना रहेको बताए।

उनले नेपाली जनताको सुरक्षा सरकारको पहिलो प्राथमिकतामा रहेकोसमेत बताए। आम जनताको जीवन रक्षाको लागि सरकार गम्भीर रहेको भन्दै गृहमन्त्री खाँडले भने, ‘राज्य र सरकारको पहिलो दायित्व नागरिकको जीवन रक्षा हो। त्यसका लागि हामी प्रयत्नशील छौँ।’

सुरक्षा व्यवस्थालाई थप सुधार गर्न सरकार कटिबद्ध रहेको उनको भनाइ छ। उनले नेपाली नागरिकको कुनै पनि स्थानमा स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकारलाई सुनिश्चित गर्न सरकार प्रयत्नशील रहेको औंल्याए।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...