नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सीईओ सन्तोष प्रसाईंले दिए पदबाट राजिनामा
काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष प्रसाईंले पदबाट राजीनामा दिएका छन्।
गत माघ २८ गते कम्पनीको सञ्चालक समितिले उनलाई सीईओ नियुक्त गरेको थियो। तर नौ महिनामै प्रसाईंले राजीनामा दिएका हुन्।
कम्पनीले व्यक्तिगत कारण देखाउँदै प्रसाईंले राजीनामा दिएको नेप्सेलाई जानकारी दिएको छ। उनको राजीनामा कम्पनीको सञ्चालक समितिको आइतबार बसेको बैठकले स्वीकृत गरेको थियो।
यसैबीच, कम्पनीले अर्को व्यवस्था नभएसम्मका लागि कार्यवाहक प्रमुख अधिकृतको जिम्मेवारी नायब प्रमुख कार्यकारी अधिकृत सुशील कुमार चौधरीलाई दिएको जनाएको छ।
प्रतिकृया दिनुहोस