सल्यान बस दुर्घटना अपडेट : १२ जनाकै सनाखत

Salyan1 bus accident

सल्यान । सल्यानमा भएको बस दुर्घटना ज्यान गुमाउने १२ जनाकै सनाखत भएको छ ।

आइतबार सल्यान खलंगाबाट दाङ तुलसीपुर जाँदै गरेको २५५२ नम्बरको बस कपुरकोट गाउँपालिका–५ खारखोलामा दुर्घटना भएको थियो ।

सनाखत हुनेमा दाङ शान्तिनगर गाउँपालिका–६ कोरवाङका ५ वर्षीय सुरज ओली, दाङ घोराही उपमहानगरपालिका-१० की ३६ वर्षीया रुपा केसी, सल्यान त्रिवेणी गाँउपालिका–४ की ९ वर्षीया सरिता बोहरा रहेका छन् ।

यस्तै सल्यान शारदा नगरपालिका–१२ हाल दाङको तुलसिपुर उपमहानगरपालिका-६ बस्ने ५३ वर्षकी प्रभा चलाउने, शारदा नगरपालिका–२ कि ६१ वर्षीया मिना डाँगी, शारदा नगरपालिका–३ की ६६ वर्षीया लिला बुढाथोकी, त्रिवेणी गाउँपालिका–१ काभ्रा की २४ वर्षीया मिना शाही, दाङको बबई गाउँपालिका–४ की ६० वर्षीया डुलि रेउले छन् ।

यसैगरी दुर्घटनामा दाङ बबई गाउँपालिका–६ की ७० वर्षीया कलावती बुढाथोकी, दाङको घोराही उपमहानगरपालिका नारायनपुरकी–६५ वर्षीया ईन्द्रा अधिकारी सल्यानको छत्रेश्वरी गाउँपालिका–२ का २९ वर्षीय तिलक ओली र दाङ शान्तिनगर गाउँपालिका–८ की ३५ वर्षीया सावित्रा केसी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख गोविन्द थापाले बताए ।

तीव्र गतिका कारण बस दुर्घटना भएको अनुमान गरिएको प्रहरीको भनाइ छ । बसचालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरी प्रमुख थापाको भनाइ छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...