परिवार दलका अध्यक्ष भारत प्रस्थान
काठमाडौं । नेपालको राजनीतिमा विषेश प्रभाव राख्ने नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाल भारत प्रस्थान गरेका छन् ।
बिहारका राज्यपाल फागु चौहान र मुख्यमन्त्री नितिश कुमारले पनि उद्घाटन सत्रमा सम्बोधन गर्ने छन् । पूर्वमन्त्रीसमेत रहेका ढकालको भ्रमण दलमा परिवार दलका प्रबक्ता सन्तोष पौडेल र दक्षिण एशिया मामिलाका संयोजक कृष्ण अधिकारी सहभागी छन् ।
इन्डिया फाउण्डेसनको निमन्त्रणामा कार्तिक २१ गतेदेखि २३ गतेसम्म बिहारको नालन्दा विश्वबिद्यालयमा हुने बिशेष सभामा ढकालले सम्बोधन गर्न भारत प्रस्थता गरेका हुन् ।
सम्मेलनमा कोभिड -१९ पश्चातको विश्व व्यवस्थाको बारेमा भारत र विश्वका प्रशिद्ध व्यक्तित्वहरुले सम्बोधन गर्नु हुनेछ भने भारतका महामहिम उपराष्ट्रपति एम. वेंकैया नायडुले उद्घाटन गर्ने कार्यक्रम छ ।
प्रतिकृया दिनुहोस