माओवादीलाई हराउन देशी विदेशी शक्ति लागि परेका छन् : अध्यक्ष दाहाल
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशी विदेशी शक्ति आफ्नो पार्टीलाई हराउन लागिपरेको आरोप लगाएका छन् ।
मुक्ति मोर्चाले ललितपुरमा गरेको कार्यक्रममा अध्यक्ष दाहालले विभिन्न बहानामा माओवादीलाई पाखा लगाउन ठूलो शक्ति लागिपरेको दाबी गरे ।
प्रतिक्रियावादीहरू माओवादीप्रति लक्षित भएको टिप्पणी गर्दै उनले देशी विदेशी शक्तिको प्रहारलाई जितेर माओवादी केन्द्रलाई क्रान्तिकारी पार्टी बनाउने संकल्प पार्टीले लिएको बताए । अध्यक्ष दाहालले समाजवादी क्रान्तिको रणनीति लागू गर्न आफू लागिपरेका पनि बताए ।
उनले पछिल्लो समय पहिचान र अधिकारका मुद्दा शिथिल हुन थालेको स्वीकार्दै माओवादीले पनि त्यस्ता मुद्दा छोड्न र अरु पार्टीजस्तै हुन थालेको हो कि भन्ने आशंका बढेको बताए ।
प्रतिकृया दिनुहोस