एमासीसीबार देउवाको अभिव्यक्तिपछि भीम रावलको आक्रोश : राष्ट्रघाती प्रावधान सम्झौताबारे पठाइएको पत्र सार्वजनिक गर्न माग

Bhim bahadur rawal

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतबाट फर्किनासाथ आज बिहीबार बिहान त्रिभुवन विमानस्थलमा एमसीसीबारे दिएको अभिव्यक्तिपछि नेकपा एमालेका नेता भीम रावलले आक्रोश व्यक्त गरेका छन्।

विमानस्थलमा पत्रकारको जिज्ञासामा प्रधानमन्त्री देउवाले संसदबाट एमसीसी पास गर्न आफू र सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड मिलेर पत्र पठाइसकेको बताएका थिए।

एमसीसीकी उपप्रमुख कार्यकारी अधिकृत एलेक्सिया ल्याटोर्तुले बेलायतमै भेट गर्दै एमसीसी पास नगरी संसद् अधिवेशन अन्त्य गराएकामा चासो राखेपछि आफूले यसबारे चिन्ता नलिन र एमसीसी पासका लागि आफू र प्रचण्डले पत्र पठाइसकेका छौं भनेर जवाफ दिएको देउवाले सञ्चारकर्मीलाई सुनाएका थिए।

‘एमसीसीका डेपुटी सीईओले कहिलेसम्म पास हुन्छ भनेर सोध्नुभयो’ देउवाले भने, ‘यस विषयमा यहाँका सत्ता साझेदार दलसँग कुराकानी भइरहेको छ भनेको छु।’ यसलाई एमाले उपाध्यक्ष रावलले राष्ट्रघातको संज्ञा दिएका छन्। साथै पठाइएको पत्र सार्वजनिक गर्न पनि रावलले माग गरेका छन्। 

‘बेलायतमा जलवायु सम्मेलनमा भाग लिई फर्किनासाथ प्रम देउवाले एमसीसी पारित गराउने भनी आफू र प्रचण्डले पत्र पठाइसकेको खुलासा गर्नुभयो’, देउवाको अभिव्यक्ति सार्वजनिक भएलगत्तैजसो रावलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘राष्ट्रघाती प्रावधान भएको सम्झौताबारे पठाइएको पत्र तुरुन्त सार्वजनिक गरियोस्। यस्तो विषयमा गोप्य पत्राचार देशघात हो। प्रचण्डको पत्र के हैसियतले पठाइयो ?’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...