चितवनमा ९ बजेपछि देउसी – भैलो खेल्न नपाइने, पटका पड्काउन र जुवातास नखेल्न प्रशासनको आग्रह

467891184deusi bhailo

चितवन । चितवनमा राति ९ बजेपछि देउसी–भैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले बुधबार सूचना जारी गर्दै राति ९ बजेपछि कुनै पनि मनोरन्जनका कार्यक्रम नगर्न भनेको छ ।

नेपाली समाजको संस्कृति, परम्परा, मर्यादामा रहेर शान्ति सुव्यवस्था नै प्रभावित हुनेगरी चाडपर्व नमनाउन आग्रह गरेको हो । कुनै पनि अतिसबाजी, पटका, भुईंचम्पा लगायतका विष्फोटक पदार्थ उत्पादन, भण्डारण र विक्रि वितरण नगर्न निर्देशन जारी गर्दै प्रशासनले स्वीकृति विना चिट्टा, उपहार लगायतका कार्यक्रम गर्नसमेत रोक लगाइएको छ ।

प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जारी गरेको सूचनामा कानुनले बर्जित गरेका जुवातास, कौडा, सट्टेबाजी लगायतका जुवाजन्य खेलहरू नखेलाउन र नखेल्न भनिएको छ । साथै प्रशासनले कोभिड–१९ सुरक्षाका मापदण्डको पूर्ण पालना गर्न समेत अनुरोध गरेको छ ।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...