एमाले महाधिवेशनमा कसरी छानिन्छन् प्रतिनिधि ?

Yemale central

काठमाडौँ । नेकपा (एमाले) ले दशौँ राष्ट्रिय महाधिवेशनको तयारीलाई तीव्रता दिएको जनाएको छ ।

एमाले केन्द्रीय प्रचार विभागले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आगामी मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनको तयारीलाई तीव्रता दिएको जनाएको हो ।

महाधिवेशनमा पार्टीसँग भाइचारा तथा मैत्रीपूर्ण सम्बन्ध रहेका पार्टी र दक्षिण एसियाका सत्तारुढ एवं विपक्षी दलका प्रतिनिधिलाई आमन्त्रण गरेको एमालेले जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा एमाले सचिव एवम् प्रचार विभाग प्रमुख योगेश कुमार भट्टराईले नेपालका सबै राजनीतिक दलहरुलाई पनि महाधिवेशनमा आमन्त्रण गरिएको जानकारी दिए । तर एमालेबाट अलग भएर बनेको नेकपा (एकीकृत समाजवादी) पहिचान स्थापित भइनसकेको पार्टी भएकाले त्यसलाई आमन्त्रण गरिरहनुनपर्ने उनले बताए ।

सचिव भट्टराईले विधान महाधिवेशनमा प्रस्तुत प्रतिवेदन र विधान संशोधन प्रस्ताव सर्वसम्मतरुपमा पारित गरेकाले पार्टीलाई महाधिवेशनले थप एकताबद्ध र सुदृढ बनाउने विश्वास व्यक्त  गरे । भट्टराईले एमाले मुलुकको लोकतान्त्रिक आन्दोलन र उपलब्धिको प्रमुख हिस्सेदार रहेको उल्लेख गर्दै वर्तमान सत्ता गठबन्धनले लोकतन्त्र र संविधानको सही कार्यान्यनका क्रममा चुनौती खडा गरेको आरोप लगाए ।

त्यस्तै महाधवेशनमा नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिनको प्रयोग गरिनेछ भने गत असोजमा सम्पन्न विधान महाधिवशेनले पारित गरेका विभिन्न प्रतिवेदन र विधान संशोधनका दस्तावेज प्रकाशन गरी वितरण गरिने प्रचार विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिए । 

महाधिवेशनमा स्वदेशका  २२ जनङ्गठनका केन्द्रीय कमिटीमा कार्यरत पार्टी सदस्यबाट कम्तीमा दुई महिलासहित पाँच जनाका दरले निर्वाचित प्रतिनिधि गरी कूल एक हजार ९९९ प्रतिनिधि रहनेछन् ।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...