समृद्ध प्रदेश बनाउने कार्यमा सरकार प्रतिवद्ध छ : मन्त्री कार्की

Gyanendra bahadur

काठमाडौँ । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले समाजको अग्रगामी रुपान्तरणका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने सञ्चारकर्मीलाई आग्रह गरेका छन् ।

नेपाल पत्रकार महासङ्घ प्रदेश नं १ समितिद्वारा आज मन्त्रालयमा आयोजित शुभकामना कार्यक्रममा उनले सत्य, तथ्य र यथार्थपरक समाचर सम्प्रेषण गर्न सञ्चारकर्मीलाई आग्रह गरेका हुन् ।

मन्त्री कार्कीले समाचारकै भरमा कसैलाई पनि आग्रह वा पूर्वाग्रह नराखी समान व्यवहार गर्नुपर्ने उल्लेख गर्दै समृद्ध प्रदेश बनाउन र आम नागरिकले उच्चतम मौलिक अधिकार उपयोग गर्ने गरी सरकारले काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

जनतालाई शान्ति सुरक्षाको सुनिश्चितता प्रदान गरी कसैलाई पनि अन्याय हुन नदिने बताउँदै उनले आफ्नो जिम्मेवारीलाई गहनपूर्वक पूरा गर्ने विश्वास दिलाए । मन्त्री कार्कीले जनता र सरकारबीच पुलको काम गर्ने पत्रकारिता क्षेत्रले अझ जिम्मेवारीपूर्वक आफ्नो भूमिका निर्वाह गर्नुपर्ने बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...