नेपाललाई आयआर्जनको श्रोत बनाउन सकिन्छ : मुख्यमन्त्री पाण्डे

Rajendra panday 3uozmcgihs

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले नेपाललाई आय आर्जनको श्रोत बनाउन सकिने बताएका छन् ।

बुधबार पुष्पलाल स्मृति प्रतिष्ठान कीर्तिपुरमा आयोजित एक कार्यक्रममा बौल्दै मुख्यमन्त्री पाण्डेले नेपाललाई आयआर्जनको गतिलो श्रोत बनाउन सकिने बताएका हुन् ।

उनले विश्वका २ सय भन्दा बढी देशहरूमा उत्पादन हुने चिजहरू नेपालमा नै बनाउन सकिने दाबी गर्दै अब नेपालमै रोजगारी सिर्जना गर्नुपर्ने बताए । 

मुख्यमन्त्री पाण्डेले ४० लाख नेपाली जनता हातमा आगो बोकेर उज्यालो खोज्न विदेश गएको बताउँदै देश विकासको लागि युवाहरुलाई अघि बढाउनुपर्ने आवश्यक रहेको बताए । मुख्यमन्त्री पाण्डेले नेकपा (एकीकृत समाजवादी) पार्टीलाई एमाले जस्तो बनाउन दिनु नहुने बताए । 

जति प्रगति भए पनि दम्भ, अहंकार र घमण्ड गर्नु नहुने तर्क गर्दै मुख्यमन्त्री पाण्डेले सबैभन्दा ठूलो जनता भएको र जनताले माया गरुन्जेलसम्म राजनीतिक पार्टीहरू ठूलो भएको तर्क गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...