प्रधानन्यायाधीश जबराले बन्दीप्रत्यक्षीकरण मुद्दा हेर्न तोके ९ इजलास  

Cholendra jabar 32 52

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बुधबार १५ जना न्यायाधीशलाई ९ वटा इजलास तोकेका छन् । बन्दीप्रत्यक्षीकरणको मुद्दामा प्रधानन्यायाधीश जबराले ६ वटा संयुक्त र ३ वटा एकल गरी ९ वटा इजलास तोकेका हुन् ।

दीपककुमार कार्की र प्रकाशकुमार ढुंगाना, मीरा खड्का र सुष्मालता माथेमा, विश्वम्भरप्रसाद श्रेष्ठ र टंकबहादुर मोक्तान, आनन्दमोहन भट्टराई र कुमार रेग्मी, अनिलकुमार सिन्हा र मनोजकुमार शर्मा तथा सपना प्रधान मल्ल र बमकुमार श्रेष्ठलाई प्रधानन्यायाधीश जबराले संयुक्त इजालस तोकेका छन् । त्यस्तै कुमार चुडाल, प्रकाशमानसिंह राउत र तेजबहादुर केसीलाई भने एकल इजलास तोकिएको छ ।

मंगलबार प्रधानन्यायाधीशले बैंकिङ कसुरको मुद्दामा समेत पेसी तोके पनि बुधबार भने बन्दीप्रत्यक्षीकरण मुद्दामा मात्रै इजलास तोकेका छन् । सबै इजलासलाई एक–एक वटा मुद्दा हेर्नेगरी पेसी तोकिएको छ ।

मंगलबार १० जना न्यायाधीशको ६ वटा इजलास तोकेकामा जबराले एउटा संयुक्त इजलासमा बन्दीप्रत्यक्षीकरणको मुद्दासँगै जोडिएको बैंकिङ कसुरको मुद्दा तोकेका थिए । पहिलेको समझदारीभन्दा बाहिर गएर प्रधानन्यायाधीशले मुद्दाको पेसी तोकेको भन्दै कोही पनि न्यायाधीश मंगलबार इजलासमा गएनन् ।

सर्वोच्च अदालतका न्यायाधीशहरू प्रधानन्यायाधीशको राजीनामा नआएसम्म इजलासमा नफर्कने अडानमा रहेका बेला आफूले कुनै हालतमा राजीनामा नगर्ने बताएका जबराले आइतबार सम्मानजनक बहिर्गमनको प्रस्ताव पठाएपछि परिस्थिति एकाएक फेरिएको थियो ।

इजलासमा एक्लै बसेर मुद्दाको सुनुवाइ गरिरहेका प्रधानन्यायाधीश जबराले सोमबार आफूलाई मुद्दा तोकेनन् भने ६ दिनदेखि इजलास नगएका न्यायाधीशहरू पनि बन्दीप्रत्यक्षीकरणको मुद्दामा मात्र सुनुवाइ गर्ने सर्तमा इजलास गए ।

प्रधानन्यायाधीश जबराको कार्यशैली र नेतृत्वमाथि प्रश्न उठाउँदै नेपाल बार एसोसिएसनको नेतृत्वमा कानुन व्यवसायीहरू निरन्तर आन्दोलनमा छन् । आइतबारदेखि सुरु भएको कालोपट्टी विरोधको आन्दोलन सकिएपछि तिहारपछि अर्को आन्दोलन घोषणा गर्ने बारले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...