प्रधानन्यायाधीशले छिटो राजीनामा दिएमात्रै सम्मानजनक बहिर्गमन हुन्छ : रामचन्द्र पौडेल

Ramchandra podel 9854

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानन्यायधीश चोलेन्द्रशम्शेर जबराले जतिसक्दो आफ्नो पदबाट राजीनामा दिनुपर्ने बताएका छन् ।

मंगलबार बिहान हेटौंडामा कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा पौडेलले प्रधानान्यायाधीशलाई जतिसक्दो चाँडो राजीनामा दिएर अदालतलाई विवादबाट पर राख्नुपर्ने औंल्याएका हुन् ।

‘सर्वोच्च अदालतमा भएको सेटिङको असर अहिले देखिरहेको छ । प्रधानन्यायाधीशले पदबाट छोड्नका लागि जति ढिलो गरे उनले गरेका नराम्रा काम त्यतीनै बाहिर आउने भएकाले चाँडो पद छोड्नका लागि आग्रह गर्छु,’ उनले भने ।

पौडेलले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा देशकै असक्षम नेता रहेको आरोप लगाए ।

‘पाँच वर्षसम्म पार्टीको महाधिवेशन गर्न सकेको छैन, निर्वाचन आयोगले जोगाइदिरहेको छ । यही नेतृत्वले अझै देशकै चुनाव गर्ने दाबी गरिरहेको छ । आफ्नै पार्टीको चुनाव गर्न नसक्नेले देशको चुनाव कसरी गर्लान्,’ उनले आउँदो राष्ट्रिय सभा सदस्यको चुनावमा नेपाली कांग्रेसको कानुनी हैसियत हुन्छ कि हुँदैन भन्ने अवस्था आइसकेको बताए ।उनले देउवाको नेतृत्व अधिनायकवाद, तानशाही शैली भएको आरोप लगाउँदै महाधिवेशनबाट अधिनायकवादका अवशेषहरु सकिने बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...