कार्यवाहक प्रधानमन्त्री खाँण बाढीपहिरो पीडित क्षेत्रको निरीक्षणमा
काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री एवम् गृहमन्त्री बालकृष्ण खाँण बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षणका लागि पूर्वका जिल्लाहरुमा पुगेका छन् । मंगलबार बिहानै नेपाली सेनाको हेलिकप्टरमार्फत खाँण धनकुटाको ६ नं. बुधबारे पुगेका थिए ।
उनले बाढीपहिरोले पुर्याएको क्षतिको अवलोकनसँगै कांग्रेस नेता कार्यकर्ताहरुसँग भेटघाट गरेका छन् । त्यसपछि उनले पाँचथरको तुम्बेवा गाउँपालिकाको मौवा र मिक्लाजुङ्ग गाउँपालिकाको चिसापानी, पञ्चमी लगायत क्षेत्रमा पुग्ने कार्यक्रम छ ।
साताअघिको बेमौसमी वर्षाले पूर्वका पाँचथर, इलाम, धनकुटा लगायत जिल्लामा बाढीपहिरोका कारण जनधनको क्षति भएको थियो ।
प्रतिकृया दिनुहोस