देशलाई निकास दिन ‘अर्लि इलेक्सन’ मा जानुपर्छ : महेश बस्नेत

Mahesh basnet uml

काठमाडौँ । नेकपा (एमाले) का युवा नेता तथा केन्द्रीय सदस्य महेश बस्नेतले देशलाई निकास दिन ‘अर्लि इलेक्सन’ मा जानुपर्ने बताएका छन् ।

सोमबार प्रेस चौतारी नेपालले वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता बस्नेतले अहिलेको गठबन्धन सरकारले देशलाई अन्यौलतामा मात्र राख्ने भन्दै विकास र निकासका लागि मध्यावधि निर्वाचनमा जानुपर्ने बताएका हुन् ।

‘अबको परिवेशमा हाम्रो निश्कर्ष के हो भने न्यायपालिका माथि गम्भीर प्रश्न उठेको छ कार्यपालिका शिथिल छ कुनै काम गर्न सकिरहेको छैन र व्यवस्थापिका सदनले पनि कुनै खालको कानुन बनाउन सकेको छैन अबको अवस्थामा अर्लि इलेक्सनमा जानुको विकल्प छैन’, बस्नेतले भने, ‘जसरी मोबाइल ह्यांग हुँदा रिस्टार्ड गरिन्छ रिस्टार्ट गर्ने प्रक्रियामा पनि भएन भने सफ्टवेयरमै सफाइ गर्नुपर्छ त्यसैगरी जनताको ताजा जनमत लिनका लागि निर्वाचनमा जानुको विकल्प छैन ।’

त्यसैगरी आउँदो निर्वाचनमा एमालेले स्पष्ट बहुमत ल्याउने नेता बस्नेतको दाबी छ । उनले आगामी निर्वाचनमा गठबन्धन बनाएपनि हार्ने भन्दै सिंगल सिंगल निर्वाचनमा आउन कांग्रेसलाई चुनौती दिए ।

उनले नेकपा एमाले अहिले नै प्रधानन्यायधीशमाथि महाअभियोग लगाउने पक्षमा नरहेको स्पष्ट पारे । न्यायलयमा थुप्रै समस्या रहेको कुरा आयोगले औंल्याएकोले एमाले समग्र न्यायलयको सुधार हुनुपर्ने पक्षमा रहेको नेता बस्नेतको भनाइ छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...