ओली नेतृत्वको सरकारको पालामा भ्रष्टाचारले सीमा नाघेको माधव नेपालको आरोप 

Madav nepal

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले भ्रष्टाचारले सीमा नाघेको आरोप लगाएका छन्। 

इन्जिनियर्स एसोसिएसनको भेलामा सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘ओलीजीको पालामा भ्रष्टाचारले सीमा नाघ्यो। म भ्रष्टाचार पनि गर्दिनँ, अरूलाई पनि गर्न दिन्नँ भन्ने तर, ओलीजीको बेलामा जस्तो भ्रष्टाचार अरू बेलामा भएको छैन।’ 

देश र जनताको आवश्यकताभन्दा बाहिर गएर बालुवाटारमा समेत अनावश्यक रुपमा हेलिप्याड बनाएको आरोप लगाए।

अध्यक्ष नेपालले भने,‘१० मिनेटमा त्यहाँबाट विमानस्थल पुग्न सक्छौँ। तर, ओलीले बालुवाटारमा करोडौं खर्च गरेर हेलिप्याड बनाएका रहेछन्।’ 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...