लुम्बिनीको विकासलाई प्राथमिकतामा राखौँ : राष्ट्रपति भण्डारी

Bidyadevi bhandari

रुपन्देही । राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनी विश्वको आकर्षणको केन्द्र भएकाले लुम्बिनीको विकासलाई नेपाल सरकारले मुख्य प्राथमिकतामा राख्नुपर्ने बताएकी छन् ।

उनले भनिन्, गौतमबुद्धको जन्मस्थल लुम्बिनी संसारकै आकर्षण रहेको एक पवित्रस्थल हो, यसको विकासका लागि नागरिकलाई समर्थनमा लिएर काम गर्नुपर्ने हुन्छ । नागरिकको खुसी नै हाम्रो खुसी हो ।

आज आइतवार लुम्बिनी पुग्नुभएकी राष्ट्रपति भण्डारीले बज्रयान महाविहार तथा नेपाल मण्डला स्वागतद्वारको शुभारम्भ गर्दै भनिन्, गौतम बुद्धको जन्मस्थल लुम्बिनी क्षेत्रको सन्देश चारैतिर फैलिएको छ, यो विश्व प्रसिद्ध स्थल हो, नेपालमा गौतमबुद्धको जन्म भएको हो, बुद्धले लामो तपस्यापछि जुन ज्ञान प्राप्त गर्नुभयो त्यसको मर्म र भावनाअनुसार चल्न सक्दा नै मानव कल्याण हुनेछ ।

उनले राष्ट्रिय विकास क्षेत्रीय चिन्तनबाट प्रभावित हुनुहुँदैन भन्दै लुम्बिनीजस्तो पवित्रस्थल सबैको प्राथमिकतामा रहनुुपर्ने र यसको विकासमा सबैको साझा मत हुनुपर्ने धारणा पनि राखिन् । त्यस समारोहको मञ्चमा रहेका सांसदहरू, पूर्वमन्त्रीहरू, मेयरहरूलगायतलाई सम्बोधन गर्दै उनले लुम्बिनी गुरुयोजना समयमै पूरा गर्न निर्देशन पनि दिइन् । 

त्यस अवसरमा राष्ट्रपति भण्डारीले काठमाडौँ महानगरका मेयर, उपमेयर तथा वडाध्यक्षहरूलाई सम्मान प्रदान गरेकी थिइन् । उनी आज बिहान ११ बजे हेलिकप्टरमार्फत लुम्बिनी आइपुगेकी हुन् । उनलाई लुम्बिनीमा प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेया, सांसदहरू डा. सूर्य पाठक, खिमलाल भट्टराई लगायतले स्वागत गरेका थिए ।

बज्रयान महाविहारमा आयोजित कार्यक्रममा स्वागत गर्दै लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा. डा.नरेशमान बज्राचार्यले लुम्बिनीमा नेपालको विहार नभएको हुँदा आफूहरूको अग्रसरतामा बज्रायान महाविहार निर्माण गरेको बताए । उनले यसका लागि काठमाडौँ महानगरपालिकाले चार करोड २९ लाख रुपैयाँ सहयोग गरेकोसमेत बताए । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...