वडाअध्यक्षले जनकपुरधाम उपमहानगर प्रमुखको घर अगाडी थुपारे फोहोर

Fohor g0uvuzyjkn

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहको घरअगाडि उपमहानगरपालिकाका वडा अध्यक्षहरूले फोहोर थुपारिदिएका छन्। प्रमुख साहले फोहोर व्यवस्थापनमा ध्यान नदिएको भन्दै वडाध्यक्षहरूले फोहोर थुपारेका हुन्।

वडा नम्बर १ का वडाध्यक्ष शत्रुधन साह, वडा नम्बर ३ का वडाध्यक्ष दीपेन्द्र साह, वडा नम्बर ४ का वडाध्यक्ष सुदर्शन सिंह र वडा नम्बर ७ का वडाध्यक्ष जानकीराम साहको नेतृत्वमा युवाहरूको टोलीले नगरप्रमुख साहको घरअगाडि फोहोर थुपारेका हुन्।

ट्रयाक्टरमा फोहोर संकलन गरेर वडाध्यक्ष जानकीराम साहले आफैं ट्रैक्टर चलाएर प्रमुख साहको घरसम्म फोहोर पुर्‍याएका थिए। फोहोर व्यवस्थापनका लागि मेयर साहले चासो नदेखाएको, फोहोर व्यवस्थापनका लागि उपमहानगरले ट्रयाक्टरसम्म उपलब्ध नगराएकाले विरोध स्वरुप प्रमुख साहको घरअगाडि नै फोहोर थुपार्नु परेको वडा नम्बर ४ का वडाध्यक्ष सुदर्शन सिंहले बताए।

यद्यपि आफ्नो वडामा आफैं सरसफाइ गरेर फोहोर व्यवस्थापन गर्न लागेको वडा नम्बर ७ का वडाध्यक्ष जानकीराम साहले बताए।

  

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...