१५ न्यायाधीशको विद्रोहपछि सर्वोच्चमा जबराले एक्लै चलाए इजलास

Cholendra jabar 32 52

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफ्नो एकल इजलास शुरू गरेका छन् ।

१५ न्यायाधीशले अदालतको इजलास बहिष्कार गरेपछि शून्य सुनुवाई हुन नदिन उनले आफ्नो इजलास शुरू गरेका हुन् ।

आफ्नै एकल इजलासमा राखिएको पहिलो मुद्दा लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती विरुद्धको अदालतको अवहेलनासम्बन्धी रहेको छ ।

त्यसैगरी सम्पत्ति शुद्धीकरणसम्बन्धी मधुकुमारी चौधरी विपक्षी रहेको मुद्दा, ज्ञानबहादुर जोगीको हकमा अम्बिका विश्वकर्माबाट दायर गरिएको बन्दी प्रत्यक्षीकरणको मुद्दा, जिल्ला अदालत कास्की विरुद्धको बन्दी प्रत्यक्षीकरणको मुद्दा र कालो बजार तथा अन्य केही सामाजिक अपराधसम्बन्धी कसुरमा नेपाल सरकार विपक्षी रहेको रोशन जैसवालले दायर गरेको मुद्दा रहेका छन् ।

जबराले राजीनामा दिनुपर्ने मागसहित अन्य न्यायाधीशहरूले इजलास बहिष्कार गरेका हुन् । नेपाल बार एसोसियसनले पनि इजलासमा बहस गर्न नजाने निर्णय गरिसकेको छ । अदालतमा देखिएको यस विवादका कारण विगत तीन दिनदेखि सुनुवाई हुन सकिरहेको थिएन । सेवाग्राही मर्कामा थिए ।

यही बीचमा जबराले आफ्नो एकल इजलासमा सुनुवाई थालेका हुन् ।

  

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...