सभामुख न्यायाधीश बनेको ओलीको आरोप
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाको भूमिकाप्रति गम्भीर प्रश्न उठाएका छन् ।
मंगलबार एकैपटक ७५३ वटै स्थानीय तहमा एमालेको पालिका अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले सभामुख सापकोटा एमालेविरुद्ध लागेको र सोहीअनुसार भूमिका निभाएको आरोप लगाए ।
एमालेले आफ्ना ११ जना सांसदमाथि कारबाही गरेको जानकारी दिँदा पनि आफैँ न्यायाधीश बनेर सभामुख सापकोटाले निष्कासनको सूचना जारी नगरेको ओलीको भनाइ छ ।
सभामुख निष्पक्ष बन्न नसक्दा व्यवस्थापिका राम्रोसँग चल्न नसकेको भन्दै उनले विवादित व्यक्तिले राजीनामा दिनुपर्ने बताए ।
प्रतिकृया दिनुहोस