पाँचथर बस दुर्घटना अपडेट : दुई जनाको मृत्यु, ६२ घाइते   

Accident bus

काठमाडौँ । फिदिम नगरपालिका–४ सरखण्डेमा भएको बस दुर्घटनामा घाइते भएका दुई जनाको मृत्यु भएको छ। उपचारका लागि समर्पित अस्पताल पुर्याइएका एक बालक र एक महिलाको मृत्यु भएको हो। उनीहरुको सनाखत भने भएको छैन।

चिकित्सकले उनीहरुलाई मृत घोषित गरेको अस्पतालका जनसम्पर्क अधिकृत गणेश रिजालले जानकारी दिए। दुर्घटनामा अन्य ६२ जना घाइते छन्। घाइतेमध्ये १५ बालबालिका छन्। घाइतेमध्ये जिल्ला अस्पतालमा उपचाररत चार जनालाई झापा पठाइएको जिल्ला अस्पतालका सूचना अधिकारी नारायण जोशीले जानकारी दिए।

जिल्ला अस्पतालसहित समर्पित र पाथीभरा अस्पतालमा उपचाररत थप १० जनालाई अन्यत्र पठाउने तयारी गरिएको छ। घाइतेमध्ये समर्पित अस्पतालमा उपचाररत तीन जना सामान्य उपचारपछि घर फर्केका छन्। 

फिदिम–४ शिवादोभानबाट झापाका लागि छुटेको को१ख ३८६५ नम्बरको बस बिहान करिब ११ः३० बजे सडकबाट झरेर दुर्घटना भएको थियो। अर्को सवारी साधनलाई उछिन्ने क्रममा सडकको डिलबाट बस अगाडि बढ्दा करिब २० मिटर तल झरेको हो। दुर्घटनामा बसमा सवार सबै यात्रु घाइते भएका थिए। 
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...