कात्तिक १० गतेसम्म जोगियो वाग्मति प्रदेशकी मुख्यमन्त्री शाक्यको पद

Astha laxmi shakya

काठमाडौं । बागमती प्रदेशमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको पदको छिनोफानो कात्तिक १० गते मात्रै हुने भएको छ ।

प्रदेशसभाको समीकरणअनुसार शाक्य अल्पमतमा छिन् । हाल रहेका १ सय ९ प्रदेशसभा सदस्यमध्ये शाक्यलाई ४३ जना नेकपा एमालेका सांसदको साथ छ । विपक्षी गठबन्धनको पक्षमा नेकपा माओवादी केन्द्रको २३, नेपाली कांग्रेसको २२, नेकपा (एकीकृत समाजवादी) को १३ र जनता समाजवादी पार्टीको १ जना प्रदेशसभा सदस्यको साथ रहेको छ ।

बिहीबारको प्रदेशसभा बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत मागिन् । उनको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल भयो तर, मतदान भने एक हप्ता पछि सारियो । छलफल सकिएपछि सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभा बैठक कात्तिक १० गतेसम्म स्थगित गरिदिए । अब १० गते विश्वासको मतसम्बन्धी प्रस्तावमा मतदान हुनेछ ।

नेकपा एमाले विभाजित भएपछि मुख्यमन्त्री शाक्यले असोज २४ गतेभित्र विश्वासको मतसम्बन्धी प्रस्ताव प्रदेशसभामा पेश गर्नुपर्ने थियो । सोही अनुसार उनले असोज २४ गते नै विश्वासको मतसम्बन्धी प्रस्ताव प्रदेशसभा सचिवालयमा पेश गरिन् । उक्त प्रस्तावमाथि १२ दिनपछि मात्र सभामुख श्रेष्ठले प्रदेशसभामा छलफल गराए । तर छलफल सकेपछि पुनः एक साताका लागि बैठक स्थगित गरिदिए ।

नेकपा एमालेले बिहीबारको प्रदेशसभा बैठक स्थगित गर्नुपर्ने नभए आफूहरु सहभागी नहुने चेतावनी दिएको थियो । एमाले संसदीय दलका प्रमुख सचेतक दीपक निरौलाले प्रदेशसभा सचिवालयमा कात्तिक १० गतेअघि बैठक नराख्न आग्रह गरी पत्र लेखेका थिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...