इच्छाराज तामाङलाई थप १८ दिन हिरासतमै राखी अनुसन्धान गर्न अनुमति

Ichha raj tamang9654 96554

काठमाडौं । सहकारीको पैसा हिनामिना गर्ने नेकपा एमालेका पूर्वसांसद तथा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङलाई थप १८ दिन हिरासतमै राखी अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

तामाङमाथि संगठित अपराधमा अनुसन्धान भैरहेको छ । उनीमाथि ११२६ वटा जाहेरी र ४ अर्ब ६१ करोड बिगो दाबी गरिएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले ठगी र रकम हिनामिनाको आरोपमा तामाङलाई दुई हप्ताअघि पक्राउ गरेको थियो ।

तत्कालीन सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडमा निक्षेपकर्ताले राखेको रकम हिनामिना गरेको आरोपमा तामाङलाई पक्राउ गरिएको सिआइबीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...