खानेपानी प्रमुख कुशवाहामाथि दुर्व्यवहार गरे सिके राउतका कार्यकर्ताले

Janakpurdham khanepani pramukha

जनकपुर । खानेपानी तथा ढल निकास कार्यालय जनकपुरका प्रमुख राजेश कुशवाहामाथि दुर्व्यवहार भएको छ ।

बिहीबार लाठी र बाँसको भाटासहित कार्यालय पुगेका जनमत कार्यकर्ताले निमित्त प्रमुख जागेश्वर कुशवाहलाई नियन्त्रणमा लिएर जनकपुरधाम उपमहानगरपालिकासम्म पैदल हिँडाएका हुन् ।

उनीहरुले कुशवाहको शरीरमा हिलो छ्याप्नुका साथै सर्टसमेत च्यातेका छन् । कार्यालय प्रमुख कुशवाहालाई दुर्व्यवहार गर्ने जनमत पार्टीका १० जना भन्दा बढी कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जनकपुरधाममा जथाभावी तरिकाले सडक खनेको महिनौं बितिसक्दा पनि निर्माण अगाडि नबढाएको भन्दै जनमत पार्टीका कार्यकर्ताले पटक–पटक प्रदर्शन गर्दै आएका छन् ।

जनकपुरमा ढल निकासको उचित प्रबन्ध नगरेको झोंकमा सो पार्टीका करिब दुईसयको संख्यामा रहेका कार्यकर्ताले प्रमुख कुशवाहालाई पिराडी चोकस्थित कार्यालयमा पुगेर बन्धक बनाएका थिए । सोमबार रातिदेखि मंगलबार दिउँसोसम्म परेको वर्षाले जनकपुर जलमग्‍न भएपछि राउत समर्थक कार्यकर्ताले खानेपानी तथा ढल निकास कार्यालयका प्रमुख कुशवाहालाई नियन्त्रणमा लिएर आक्रोश पोखेका हुन् ।

आफ्नो कार्यकक्षमा बसिरहेका प्रमुख कुशवाहालाई लाठी र बाँसको भाटा बोकेर पुगेका राउत समर्थकले बन्धक बनाएर लछारपछार गर्दै जनकपुर घुमाएका थिए ।

सरकारी कार्यालयका प्रमुखलाई बन्धक बनाएर नगर घुमाइरहँदा प्रहरी भने प्रदर्शनकारीको अघिअघि मात्रै हिँडिरहेका थिए । ठूलो संख्यामा प्रहरी परिचालन गरिएपनि प्रमुख कुशवाहालाई राउत समर्थकले दुर्व्यवहार गरिरहे ।

‘मलाई गोली ठोके पनि केही बोल्दिनँ,’ पत्रकारसित बोल्न राउत समर्थकले दबाब दिएपछि प्रमुख कुशवाहाले रुँदै यति मात्रै बोले । धनुषा प्रहरीका प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले कार्यालय प्रमुखलाई दुर्व्यवहार गर्ने १० जना राउत समर्थकलाई पक्राउ गरिएको बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...