आज बिजया दशमी, १०ः०२ बजे टीकाको उत्तम साईत

Dashain

नेपालीहरुको महान चाड बडा दशैंको आज बिजया भव्य रुपमा मनाइरहेका छन् । विदेश विदेश पुगेका र घर बाहिर रहेकाहरु दशैंमा आफ्नो घरमा फर्केर आफन्त, परिवारसँग बसेर रमाईलो गर्दै बिजया दशमी मनाउने प्रचलन छ ।

घटस्थापनाको दिन स्थापना गरिएको देवीको नौ दिनसम्म विधिपूर्वक पूजा गरेर आजै देवी विसर्जन गर्ने गरिन्छ । देवी विसर्जन गरेपछि बिजया दशमी टीका लगाउने चलन छ ।

दशैंको सबैभन्दा महत्वपूर्ण दिन आज हो । आज बिजया दशमीको दिन आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ बडा दशैं मनाइँदैछ । आज बिजया दशमीमा टीका लगाउने उत्तम साइत बिहान १०ः०२ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

घटस्थापनाको दिन स्थापना गरिएको देवीलाई आजै विहान ८ बजेर १९ मिनेटमा नवदुर्गा भवानी पूजा आराधना गरी जया, विजया, अजिता, अपराजिता गरी चार देवीको पूजा गरेर देवी विसर्जन गरिन्छ । देवीको प्रसादको रुपमा जमरा लगाउने चलन छ ।

केही जाति र सम्प्रदाय विशेषले भने आज सेतो अक्षताको टीका लगाएर पनि विजयादशमी पर्व मनाउँछन् । असत्यमाथि सत्य र आसूरी शक्तिमाथि दैवी शक्तिको विजयका रूपमा बडादशैं पर्व मनाउने परम्परा छ ।

नौदिनसम्म दशैंघरमा दुर्गा भवानीको पूजाआराधना गरी राखिएको जमरासहितको टीका आजदेखि पाँच दिनसम्म लगाउने प्रचलन छ ।

टीका लगाउने तरिका यस्तो छः

  • टिका लगाउने मान्छे पूर्व फर्कने
  • लगाइदिने मान्छे पश्चिम फर्कने
  • विशेष तरिकाले पञ्चतव्ये खाने
  • सुनपानी खाने
  • चोखा नयाँ बस्त्र धारण गरेर टिको लगाउनेभन्दा पहिला सूर्यनारायणलाई अर्घ दिने
    अनि आशिर्वाद दिने

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...